ग्रीसमा आएको आँधी तूफानमा परी ६ पर्यटकको मृत्यु


लोकपथ
प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १३:०८


एजेन्सी । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् ।

मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीबाट अत्तालिएर भागेको बाघ घरको ओछ्यानमा आराम गर्न पुगेपछि…

काठमाडौं | भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको

बस दुर्घटनामा १५ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५

बिमान दुर्घटनामा तीन जनाको मृत्यु

एजेन्सी । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको

जापानी दूतावास बाहिर किन गरे ७० वर्षीय वृद्धले आत्मदाह ?

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले