२ जेष्ठ २०७९, सोमवार

कांग्रेस बैठकमा चर्काचर्की, यी नेताले माइन्युटमा हस्ताक्षर नै गर्न मानेनन्

२०७४,पुष,१५,शनिवार ०२:०३

0
Shares

काठमाडौँ, १५ पुस — समानुपातिक सांसद छनोटलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद चर्किएको छ । दिनभरको चर्को विवादका बीच शुक्रबार राति करिब १० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाई निर्वाचन आयोगमा सूची बुझाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्टि जनाउँदै ‘माइन्युट’ मा हस्ताक्षरसमेत नगरी बैठकबाट बाहिरिएका थिए प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रदेशसभा समानुपातिक सांसद टुंग्याउन बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक पौडेलका साथै कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य बलबहादुर केसीले हस्ताक्षर नगरेका हुन् बैठक निर्वाचनमा पार्टी पराजय भएको विषयलाई पन्छाउँदै समानुपातिक सांसद छनोटबारे केन्द्रित भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने भन्दै प्रदेशसभातर्फको समानुपातिक सांसद छनोटतर्फ बैठकलाई मोडेका थिए निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि विशेष महाधिवेशन बोलाउन माग भइरहेका बेला पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । बिहानैदेखि बसेको बैठकमा समानुपातिक प्रदेश सदस्य छनोट गर्ने विषयमा लामो विवाद भएको थियो । सदस्य छनोटका लागि बनाइएको मापदण्डविपरीत पार्टी संस्थापन पक्षले असन्तुलित ढंगबाट समानुपातिक सांसद छनोट गर्न लागेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो, कान्तिपुरमा खबर छ  ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०२:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार

बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०