२६ असार २०७६, बिहीबार ११:५७

नमिठो हारपछी मेस्सी समाजसेवामा, खुवाए सुकुम्बासीलाई पेटभरि खाना


प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ११:५७

एजेन्सी । ब्राजिलमा सम्पन्न कोपा अमेरिकाको हारलाई बिर्सदै मेस्सीले समाजसेवामा लागेका छन् । सेमिफाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना हारेपछि समर्थकहरु अहिले निकै दु:खी छन् ।

सेमिफाइनलमा ब्राजिलसँगको हार समर्थकहरुलाई पत्याउन गार्हो भईरहेको छ । तर, उक्त हारलाई बिर्सदै मेस्सीले समाजसेवामा लागेका छन् ।

अर्जेन्टिनामा रहेको मेस्सीको परिवारको रेस्टुरेन्टले सुकुम्बासीलाई निशुल्क खाना खुवाउने अभियान नै चलाएको छ ।

तस्वीर: गुगल

रोसारियोमा रहेको मेस्सीको रेस्टुरेन्टले सुकुम्बासीलाई हरेक दिन खाना खुवाईरहेको मार्का अनलाईनले जनाएको छ । भिआईपी नामक रेस्टुरेन्टले हरेक दिन बेलुका ७ देखि ९ बजेसम्म सुकुम्बासीलाई निशुल्क खाना खुवाईरहेको अन्तराष्ट्रिय समचार सँस्थाहरुले जनाएको छ ।

यो अभियान दुई हप्ता चल्ने रेस्टुरेन्टका म्यानेजर एरिएल अल्मादाले जानकारी गराएका छन् ।

‘हामीले कफी, सफ्ट ड्रिंक, वाइन लगायतका कुराहरु समेत दिने गरेका छौं । धेरै मानिसहरु आएका छन् । हामी १५ दयस अभियानलाई १५ दिनसम्म कायम राख्ने छौं,’ रेस्टुरेन्टका म्यानेजर एरिएल अल्मादाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

एजेन्सी । इक्वेडरका राष्ट्रपति र आदिवासी नेताहरुबीच विगत १२ दिनदेखि जारी देशव्यापी विरोध

जापान आँधी अपडेट : मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ अझै वेपत्ता

एजेन्सी । जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले वचाउ

जर्मनी र नेदरल्यान्ड युरोकपमा छनोट

एजेन्सी । नेदरल्यान्ड र जर्मनी युरोकप छनोट खेलमा विजयी भएका छन् । आइतबार

ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । भारतमा ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु भएको छ