राष्ट्रिय सभा गठन प्रक्रिया सुस्त

काठमाडौँ, १५ पुस — राष्ट्रिय सभा सदस्य निर्वाचनको बाटो खुले पनि प्रतिनिधिसभाले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । निर्वाचन आयोगका अनुसार ‘फास्ट ट्रयाक’ मै सबै काम गर्दा पनि प्रतिनिधिसभाको गठन माघको अन्तिमतिर मात्रै सम्भव छ । ‘अध्यादेश जारी भएर निश्चय पनि गतिरोध फुकेको छ तर सबै विषयले आफ्नो कोर्स पूरा गर्न निश्चित समय लिन्छ,’ आयोग स्रोतले भन्यो, ‘सबै प्रक्रियाले आजैदेखि गति लिए पनि प्रतिनिधिसभाको पूर्णता माघको अन्त्यतिर मात्रै सम्भव छ । प्रक्रिया सुरु हुन जति ढिला हुन्छ, त्यो समय त्यत्ति नै लम्बिँदै जान्छ ।’संविधानअनुसार राष्ट्रिय सभाको गठनपछि मात्रै प्रतिनिधिसभाको गठन सम्भव छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?