दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र ईङ्ल्याण्ड भिड्दै

appharu
0
Shares

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहिबार अष्ट्रेलिया र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।

बर्मिघममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुने खेलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रदैछ । घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल पुग्ने दाउमा रहेको छ ।

अष्ट्रेलियाले सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको छ ।

ईङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।

अष्ट्रेलिया यस विश्वकपमा समुह चरणमा ९ म्याचमा ७ खेल जितेको थियो । र दुई खेलमा पराजय भोग्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको थियो । ईङ्ल्याण्डले ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक बटुलेको थियो ।

साविक विजेता अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको थियो । यता ईङ्ल्याण्ड भारत र न्युजिल्याण्डलाई हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको थियो ।

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेलमा १० रनले हराएको थियो । नत्र उसले शीर्ष स्थानमा रहेर लिग चरणको समापन गर्ने थियो । विश्वकप सुरु हुनु अघि आयोजक ईङ्ल्याण्ड र भारतलाई प्रतियोगिताको दाबेदार मानिएको थियो । तर खेल सुरु भएपछि अष्ट्रेलियाले उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो सम्भावनालाई बलियो बनाएको थियो ।

लिग चरणमा ईङ्ल्याण्डको टिम अष्ट्रेलियासंग ६४ रनले हार्न पुगेको थियो । दक्षिण अफ्रिकासंगको हारपछि अष्ट्रेलियाको अन्तिम टोलीमा केही परिवर्तन देख्न सकिनेछ ।

पिटर ह्यान्डकाम्बको चोटका कारण सान मार्सलाई टिममा समावेश गरिएको छ । र उनी यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्न सक्नेछन् । मांसपेशीको आएको समस्याले उस्मान ख्वाजा विश्वकपबाट बाहिरिसकेका छन् ।

यता ईङ्ल्याण्ड आफ्ना अनुभवी ब्याट्सम्यान जो रुट र जोनी बेयरस्टोबाट निकै आश गरेको छ । रुटले ५ सय रन बनाउँदा बेयरस्टाले ४ सय ६२ रन जोडेका थिए । बलिङमा जोफरा आर्चरले अहिलेसम्म १७ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?