राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि जेरीको समुहलाई

appharu
0
Shares

काठमाडौं । राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि बबिता बानियाँ जेरीले प्रतिनिधित्व गरेको जूनकिरी रोधीक्लबले जितेको छ ।

राष्ट्रिय नाचघरमा जमल काठमाण्डौंमा असार २२ गतेदेखि २५ गतेसम्म चलेको प्रतियोगितामा नगरकोट दोहोरी साँझ ‘ख’ बाट डिला विक र रविन लामिछानेको समूह दोस्रो बन्न सफल भयो ।

२८ वटा समूहले सहभागी जनाएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सम्पूर्ण समूहरुहरुलाई पछाडि पार्दै नगरकोट दोहोरी ख’ र जूनकिरी रोधीक्लब दरबारमार्ग बीच भीडन्त भएको थियो ।

दुई समूहको भीडन्तमा गायिका जेरीको समूहले प्रतिनिधित्व गरेको जुनकिरीले एक लाख पुरस्कार राशिसहित उपाधि हात पारेको हो । पहिलो पुरस्कार राशि समाजसेवी पृथ्वी थकालीले प्रायोजन गरिदिएका थिए भने दोेस्रो पुरस्कार र जूनकिरी रोधी क्लबको तर्फबाट सरु थापाले प्रायोजन गरिदिएकी थिइन् ।

त्यसैगरी गण्डकी प्रदेशको समूह तेस्रो बनेको छ भने सान्त्वना पुरस्कार नगरकोट दोहोरी ‘क’ले चुम्न सफल भएको थियो । उत्कृष्ट गायक र गायिकामा अर्जुन क्षेत्री र सपना रोकाले चुम्न सफल भए । क्षेत्री कलाकार समाजको प्रतनिधित्व गर्दै आएका अर्जुन क्षत्री र कान्तिपुर दोहोरीले चुम्न सफल भएको थियो ।

सांस्कृतिक संस्थान जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितालाई कार्यक्रमका संयोजक एवं संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश बिजील संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?