‘गीत गजल’ असोज २४ बाट प्रदर्शनमा आउँने

appharu
0
Shares

काठमाण्डौं । असोज २४ गते बाट प्रदर्शनमा आउँने चलचित्र ‘गीत गजल’ को पोस्टर सार्वजनिक भएको छ ।

चलचित्रको प्रदर्शन मिति तय भएसंगै पोस्टर सार्वजनिक गरिएको निमार्ण टोलिले जनाएको छ । नितिन चन्दले निर्देशन गरेको ‘गीत गजल’ लभ स्टोर चलचित्र हो । यो लभ स्टोरीबाट रुप पोखरेल र आरोही सिहंले रजतपटमा डेब्यु गर्दैछन् ।

रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । कथा, पटकथा तथा संवाद अस्मीत पोखरेलको रहेको छ ।

अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको ‘गीत गजल’ बाबु श्रेष्ठले खिचेका हुन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘गीत गजल’ लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्माताको रुपमा सुजन आचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?