मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

appharu
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन ।

दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् । मन्त्रीहरूको कामको मूल्याङ्कन गर्नका लागि प्रधानमन्त्री कार्यालयले नम्बर दिने मापदण्ड पनि बनाएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्री बताउँछन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?