भोजपुर ‘भिडन्त’ मा दुई जना मारिएपछि बोल्यो काँग्रेस

appharu
0
Shares

काठमाडौं–प्रतिबन्धित विप्लव समूहसँग जोडिएको सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरमा बुधबार भएको घटनाको पनि वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गरेको छ ।

भोजपुरमा प्रहरीसँग भएको भनिएको मुठभेडका क्रममा प्रहरी जवान सन्जिव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राइको मृत्यु भएको थियो । काँग्रेसले एक विज्ञप्तिमार्फत घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
काँगैसले सर्लाही र भोजपुरमै भएको फेक इन्काउन्टरपछि बुधबार भएको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन आवश्यक रहेको जनाएको छ ।

‘दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन । नेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ ।’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं ।’

विज्ञप्तिमा संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिने कर्तव्य सरकारको रहेको पनि उल्लेख गरिएको छ ।

यस्तै विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत भएको भन्दै दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्याएको काँग्रेसले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?