२५ असार २०७६, बुधबार १७:४४

सिरियामा बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु


प्रकाशित मिति : २५ असार २०७६, बुधबार १७:४४

एजेन्सी । सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ ।

इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन् । यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ ।

गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । भारतमा ग्याँस सिलिण्डर पड्किँदा घर भत्किएर १० जनाको मृत्यु भएको छ

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरब प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गर्नुभएको छ । अरब

चीनकाे एक रेष्टुरेन्टमा ६ जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं । चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु

जापान आँधी अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो , उद्धारका लागी सेना परिचालन

काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली मानीएकाे हगिबिस नामको आँधीका कारण कम्तिमा