यसरी फुक्यो अध्यादेशको गाँठो

काठमाडौं, १५ पुस- राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् । सरकारले कात्तिक ६ गते नै राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निर्वाचन प्रणालीका विषयमा ठूला दलबीच हानथापका कारण रोकिँदै आएको थियो । एमाले र कांग्रेसबीच राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय पद्धतिबाट गर्ने कि बहुमतीयबाट भन्ने विवादसँगै गतिरोध लम्बिइरहँदा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र शीर्ष नेताबीच चरणबद्ध वार्तामार्फत विवाद हल गराएका थिए,अन्नपूर्ण पोस्टमा खबर छ एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो । दुई दलबीच यो विवादले ‘इगो’ को रूप लिँदै गएपछि अघि सरे, माओवादी अध्यक्ष दाहाल बुधबार एमाले अध्यक्ष केपी ओली र दाहालबीचको ‘वान् टु वान्’ वार्ता भएपछि बिहीबार बिहान दाहाल र राष्ट्रपतिबीच डेढ घन्टा लामो वार्ता भएको थियो सोही साँझ बालकोटमा ओली र दाहालबीच फेरि वार्ता भयो । ओलीले दाहालसँग कुरा गरेपछि एमालेका वरिष्ठ नेता सुवास नेम्बाङसँग टेलिफोनमार्फत परामर्श गरे । त्यसपछि नेम्बाङले दाहाललाई टेलिफोन गरे । त्यसै दिउँसो एमाले स्थायी समितिको बैठक बस्यो । त्योसँगै माओवादी सचिवालयको बैठकमा दाहालले एमालेसँग अध्यादेशको अवरोध खुलाउनेबारे विस्तारमा कुराकानी भएको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?