धितोपत्र बजारः नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामियो ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार भएका ११ मध्ये तीन उपसमूहको शेयर मात्र बढ्यो ।

बैंकिङ १.७८, लघुवित्त ३ दशमलव ५२ र जीवन बीमा उपसमूहका शेयर १ दशमलव ४४ अङ्कले बढ्दा होटल ३ दशमलव ७८, विकास बैंक २ दशमलव ७६, जलविद्युत् ४ दशमलव ५४, वित्त ० दशमलव ९८, निर्जीवन बीमा १६ दशमलव ७५, उत्पादन २७ दशमलव ०१, अन्य ६ दशमलव ९३ र सामूहिक लगानी कोषका शेयर ० दशमलव ११ अङ्कले घटे ।

स्टकका अनुसार सिभिल बैंकको संस्थापक शेयर १७ करोड ५३ लाख ५९ हजार ४०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यस्तै सिटिजन लगानी कोषको शेयर रु चार करोड ११ लाख ६५ हजार ८१०, नेपाल बैंक रु दुई करोड २३ लाख १७ हजार ०१४, एनआइसी एशिया बैंक रु एक करोड ६५ लाख ९५ हजार ६३४ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड ५५ लाख ७१ हजार ४५५ मा खरीद बिक्री भए ।

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८१ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेड ४ दशमलव ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४ दशमलव ४४, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड ४ दशमलव १३ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७९ प्रतिशतले कमाए ।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ६७ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैंक ६ दशमलव ०९, आँखु खोला जलविद्युत् कम्पनी ५ दशमलव ४०, नविल इक्वुटी फण्ड ४ दशमलव ८४, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ८ र घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ३ दशमलव ३७ प्रतिशले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?