भतिजद्वारा चिर्पट प्रहार गरि आफ्नै काकाको हत्या

काठमाडौं । जाजरकोटमा चिर्पटले हानेर भतिजले काकाको हत्या गरेका छन्।
जिल्लाको भेरी नगरपालिका-१३ कुदु निवासी ३५ वर्षीय मानबहादुर सुनारले चिर्पट प्रहार गरि आफ्नै काका ४५ वर्यीय मोहन सुनारको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवैजना मदिरा सेवन गरेको अवस्थामा आपसमा विवाद हुँदा भतिज मानबहादुरले काका मोहनलाई चिर्पटले हानेर हत्या गरेका हुन्।

बुधबार बिहान १ बजेतिर टाउकोमा चिर्पट प्रहार गर्दा घटनास्थलमै मोहनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या अभियोगमा मानबहादुरलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?