संसदमा कांग्रेस र राजपाको नाराबाजी

काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदले नाराबाजी गरेका छन् ।

बुधबारको बैठक सुरु भएलगत्तै आफूले बोल्न पाउने पर्ने माग गर्दै काँग्रेस र राजपा सांसद उठेर विरोध जनाएका थिए । तर सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि उनीहरु नाराबाजीमा उत्रिएका हुन् ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए । त्यसपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?