छविराज ओझाविरुद्ध प्रहरीकोमा किन गईन् शिल्पा पोखरेल ?

appharu
0
Shares


केहि समय अघिमात्रै विवाह भएको घोषणा गरेका अभिनेत्री शिल्पा पोखरेल र चलचित्र निर्माता छवी ओझाको सम्बन्धमा खटपट सुरु भएको छ । श्रीमानबाटै असुरक्षा भएको भन्दै शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन् ।


पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उजुरीबारे बुझ्ने क्रम चलिरहेको छ ।

शिल्पासँग बिबाह गर्नुअघि निर्माता छविराजको तीन जनासँग विवाह भइसकेको थियो । अभिनेत्री रेखा थापाले डिभोर्स दिएको केहि वर्षपछि उनले शिल्पासँग लगनगाँठो कसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?