भोजपुरमा दोहोरो भिडन्त : दुई जनाको मृत्यु, केहि घाइते

appharu
0
Shares


काठमाडौं । भोजपुरमा बुधबार बिहान प्रहरी र विप्लव कार्यकर्ताबिच दोहोरो भिडन्त हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा विप्लवका कार्यकर्ताले प्रहरीलाई गोली हानेको हो । भिडन्तमा परि प्रहरी जवान सन्जीव राई र विप्लव समूहका एक कार्यकर्ता निरकुमार राईको मृत्यु भएको बुझिएको छ। प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका एक कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । प्रहरी सोम भट्टराई घाइते भई उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?