जाभी अलन्सो सोसिडाड क्लबको प्रशिक्षकमा नियुक्त

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । स्पेनिस पूर्व मिडफिल्डर जाभी अलन्सो स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको बी टिमको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएका छन् ।

रियल सोसिडाडले अलन्सोलाई २ बर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रियल सोसिडाड ३७ बर्षीय अलन्सोको पूर्व क्लब समेत हो । अलन्सोले क्लबसँगको सम्झौताको दिन आफ्नो लागि बिशेष भएको बताए ।

तस्वीर: गुगल

मेरो लागि यो सुन्दर र बिशेष दिन हो, अलन्सोले भने।

लिभरपुल, रियल मड्रिड र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले रियल सोसिडाडबाट १२४ खेल खेलेका थिए । उनले सन् २००३र४ को सिजन क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।

लिभरपुल र रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका अलन्सोले रियल मड्रिडको यू-१३ टिम हेर्दै गत बर्षबाट प्रशिक्षणमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?