तरकारी खेती गरेर मनग्य आम्दानी

गगन अयडी कैलाली पुस १४ । कैलालीका किसानले तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् स्थानीय उत्पादनले बजार पाएपछि तरकारी खेतीबाट आम्दानी राम्रो हुन थालेको हो विगतमा भारतबाट व्यापक मात्रामा तरकारी आयात हुने गरेपनि अहिले स्थानीय उत्पादनले आयातमा ३५ प्रतिशतले कमी आउने गरेकोे कैलाली भन्सार कार्यालयले जनाएको छ व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले गुजारा गर्न समेत सहजभएको बताएका छन् । कैलालीका कृषकहरुले यति बेला बारीमा काउली, टमाटर, बन्दालगायतका विभिन्न तरकारी उत्पादन गरिरहेका छन् उनीहरुले दैनिक रुपमा तरकारी बिक्रि गरेर राम्रो आम्दानीसमेत गरिरहेका छन् । धनगढी पटेलाका शन्तराम चौधरीले आफुले काउली र बन्दाबाट राम्रै आम्दानी गरीरहेको बताए । १० कट्ठा जमिनमा तरकारी खेतीगर्दै आएका गोदावरी ८ का राम चौधरीले खाद्य र सिचाईको समस्या भएपनि तरकारी खेती गर्दै आएको बताए उनले तरकारी खेतीबाट पारिवारिक खर्च जोहो गर्न सहज भएको उल्लेख गर्दै प्रत्येक सिजनमा ५०÷६० हजारसम्म आम्दानी गर्दै आएको बताए गोदावरी नगरपालिका ९ सेहरीकादलबहादुर चौधरीले च्याउ खेतीबाट राम्रो आम्दानीभएको बताए तरकारी खेती संगै च्याउ खेतीगर्दै आएका उनले वार्षिक १ लाख ७० नाफाहुने गरेको बताए विगतको तुलनामा भारतबाट व्यापक मात्रामा तरकारी आयात हुने गरे पनि अहिले स्थानीय उत्पादनले आयातमा आलु भन्दाबाहेका सबै तरकारीमा ३५ प्रतिशतले कम आउने गरेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए यता धनगढी हाडबजार ब्यबस्थापन समितिका अध्यक्ष मानसिंह चैसिरले पहिलेको तुलनामा कैलाली जिल्लामा धेरै किसानहरु तरकारी खेतितर्फ जागरुक भएको बताए । उनले यो समय तरकारी खेति गर्ने सिजन भएकोले राम्रो उत्पादन भइरहेको बताए मलखाद तथा अन्य आवश्यक चिजको व्यवस्था हुन सके कृषकहरु अझै तरकारी खेतीतर्फ आकर्षित हुन सक्छन् । जसले गर्दा तरकारीका लागि भारतसंग हुने परनिर्भरता कम हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?