९ जेष्ठ २०७९, सोमवार

तरकारी खेती गरेर मनग्य आम्दानी

२०७४,पुष,१४,शुक्रवार १६:५१

0
Shares

गगन अयडी कैलाली पुस १४ । कैलालीका किसानले तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् स्थानीय उत्पादनले बजार पाएपछि तरकारी खेतीबाट आम्दानी राम्रो हुन थालेको हो विगतमा भारतबाट व्यापक मात्रामा तरकारी आयात हुने गरेपनि अहिले स्थानीय उत्पादनले आयातमा ३५ प्रतिशतले कमी आउने गरेकोे कैलाली भन्सार कार्यालयले जनाएको छ व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले गुजारा गर्न समेत सहजभएको बताएका छन् । कैलालीका कृषकहरुले यति बेला बारीमा काउली, टमाटर, बन्दालगायतका विभिन्न तरकारी उत्पादन गरिरहेका छन् उनीहरुले दैनिक रुपमा तरकारी बिक्रि गरेर राम्रो आम्दानीसमेत गरिरहेका छन् । धनगढी पटेलाका शन्तराम चौधरीले आफुले काउली र बन्दाबाट राम्रै आम्दानी गरीरहेको बताए । १० कट्ठा जमिनमा तरकारी खेतीगर्दै आएका गोदावरी ८ का राम चौधरीले खाद्य र सिचाईको समस्या भएपनि तरकारी खेती गर्दै आएको बताए उनले तरकारी खेतीबाट पारिवारिक खर्च जोहो गर्न सहज भएको उल्लेख गर्दै प्रत्येक सिजनमा ५०÷६० हजारसम्म आम्दानी गर्दै आएको बताए गोदावरी नगरपालिका ९ सेहरीकादलबहादुर चौधरीले च्याउ खेतीबाट राम्रो आम्दानीभएको बताए तरकारी खेती संगै च्याउ खेतीगर्दै आएका उनले वार्षिक १ लाख ७० नाफाहुने गरेको बताए विगतको तुलनामा भारतबाट व्यापक मात्रामा तरकारी आयात हुने गरे पनि अहिले स्थानीय उत्पादनले आयातमा आलु भन्दाबाहेका सबै तरकारीमा ३५ प्रतिशतले कम आउने गरेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए यता धनगढी हाडबजार ब्यबस्थापन समितिका अध्यक्ष मानसिंह चैसिरले पहिलेको तुलनामा कैलाली जिल्लामा धेरै किसानहरु तरकारी खेतितर्फ जागरुक भएको बताए । उनले यो समय तरकारी खेति गर्ने सिजन भएकोले राम्रो उत्पादन भइरहेको बताए मलखाद तथा अन्य आवश्यक चिजको व्यवस्था हुन सके कृषकहरु अझै तरकारी खेतीतर्फ आकर्षित हुन सक्छन् । जसले गर्दा तरकारीका लागि भारतसंग हुने परनिर्भरता कम हुन सक्छ ।

प्रकाशित मिति: २०७४,पुष,१४,शुक्रवार १६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्य बनेको छ । यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक

ताजा समाचार