१० जेष्ठ २०७९, मंगलवार

सुनसरी– ३ बारेको मतगणना विवादको मुद्दामा दुवै पक्षलाई बोलाइने

२०७४,पुष,१४,शुक्रवार १५:०५

0
Shares

काठमाडौँ, १४ पुस – सर्वोच्च अदालतले सुनसरी– ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली काँग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । सो क्षेत्रमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) की भगवती चौधरीले गच्छदारले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको जनाउँदै पुनःमतगणना गर्नुपर्ने मागको मुद्दाको सुनुवाइपछि सो आदेश दिएको हो चौधरीले यही पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औँ लटमा निर्वाचनको मतगणनाका क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गर्नुभएको छ साथै पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको जनाइएको छ । सुनसरी– ३ को मतगणनाबाट गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ प्राप्त गरेका थिए । गच्छदार र चौधरीको मतअन्तर ३२१ छ ।

प्रकाशित मिति: २०७४,पुष,१४,शुक्रवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१