खाजा खाने बहानामा सुटुक्क निजि क्लिनिकतिर धाउँदै सरकारी डाक्टर

  • गगन अयडी

कैलाली, १२ पुस– सेती अञ्चल अस्पतालका चिकित्सक खाजा खाने समयको मौका छोपी निजि क्लिनिकमा काम गर्न जाने गरेको रहस्य खुलेको छ । चिकित्सकलाई खाजा खान दिइएको २ घण्टाको समयमा उनीहरु सुटुक्क निजिमा पुग्ने गरेको रहस्य खुलेको हो यसरी डाक्टर निजितिर धाउँदा सेती अञ्चल अस्पताल परिसरमा उपचारका लागि कुरेर बसेका बिरामीले आफूहरु मर्कामा परेको गुनासो गरेका हुन्आज बुधबार खाजा खाने समय मौका छोपेर यस्तै काम गर्न जाने डाक्टर कैलाली अस्पतालमा सेवाग्रही र पत्रकारको टोलीको फेलामा परेका छन् बुधबार अञ्चल अस्पतालको भिडियो एक्सरे कक्षमा डाक्टर नभेटिएको खबर पाउने बितिकै त्यहाँ पुगेको धनगढीका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको संयुक्त टोलीले खोजतलासको क्रममा अस्पतालका चिकित्सकहरुले खाजा खाने समयको मौका पारेर निजि क्लिनीकमा काम गर्न जाने तथ्य फेला पारेको हो अस्पतालले दिउँसो १२ बजेदेखी २ बजे सम्म ओपिडी कक्षमा कार्यरत डाक्टरहरुलाई खाजा सँगै इमेरजेन्सी कक्षका विरामीलाई समेत हेर्नुपर्ने व्यवस्था गरेपनि त्यसको वेवास्ता गर्दै डाक्टरले दोहोरो फायदा उठाइरहेका हुन् जसले विरामी मारमा परेका छन् । अञ्चल अस्पतालको भिडीयो एक्सरे कक्षमा भेटिएका विरामीले घण्टौँ सम्म कुर्दा पनि चिकित्सक नआएको गुनासो गरेका छन् पत्रकारको संयुक्त टोलीले बुझ्दै जादा उक्त कक्षमा कार्यरत रेडियोलोजिष्ट डाक्टर होमराज पन्त खाजाको समय भएकाले बाहिर निस्किएका थिए त्यती मात्र नभई त्यो सयमको सदुपयोग गर्दै डाक्टर पन्तले नीजि क्लिनीकमा काम गरेको रहस्य पनि बाहिरियो डाक्टर पन्तले समेत सो समयमा निजि क्लिनीकमा विरामीको लाईन भएकाले सेवा दिन गएको पत्रकारहरुको संयुक्त टोली सामु स्वीकार गरेका छन् डाक्टर पन्तको विषयमासेती अञ्चल अस्पतालका प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुरज केसीसँग बुझ्दा बिहान १० देखी १२ बजे सम्म डिउटी समय भएको बताए आवश्यक भएमा उक्त समयमा वार्ड र इमरजेन्सी कक्ष समेत हेर्नुुपर्ने भनाई मेडिकल सुपरीटेन्डेन्ट केसीको भनाई छ डाक्टर पन्त मात्र नभई खाजा खानका लागि दिइएको समयमा अञ्चल अस्पतालमा कार्यरत धेरै डाक्टरले बाहिर निजी क्लिनीक तथा मेडिकलमा काम गर्दै आएका छन् खाजा खाने समयमा बाहिर क्लिनीकमा काम गर्ने डाक्टरलाई के हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा मेडिकल सुपरीटेन्डेन्ट डाक्टर केसीले भने त्यस्तो कुनै प्रमाण भेटिएमा वा लिखित उजुरी परेमा कारवाहीका लागि सिफारीस गर्न सकिने बताए सरकारले पारित गरेको ‘नेपाल सरकारको स्वामित्वका स्वास्थ्य संस्थामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु सम्बन्धको निर्देशन, २०७३’ मा भने बिहान १० देखी ३ बजेको अवधीमा डाक्टरले निजि क्लिनीकमा काम गर्न नपाउने उल्लेख छ उक्त तालिका अनुसार विहान १० देखि १२ सम्ममा ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार अन्य क्रियाकपाल सञ्चालन गरीसक्नुपर्ने , दिउँसो १२ देखि १२ः४५ सम्मः खाना खानको लागी ४५ मिनेट समय छुट्याउनुपर्ने र दिउँसो १२ः४५ देखि ३ बजेसम्म पुनः ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार क्रियाकपालहरु सञ्चालन भइसक्नुपर्ने व्यवस्था गरिएको छ दिउसो ३ देखि साँझ ५ सम्मः ओभरटाइम भक्ता पाउने गरी अनिवार्य विस्तारित स्वास्थ्य सेवा वा ओभरटाइम सेवा सञ्चालन गर्नसक्ने प्रावधान बनाइएको छ । यद्यपी कैलालीमा यो प्रावधान लागु हुन नसक्दा र डाक्टरको लापरवाहीले विरामी समस्या झेल्दै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?