नेपाल-भारत पेट्रोलियम पाइपलाइनको परिक्षण सम्पन्न

काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको बारा जिल्लासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य पुर्ण रुपमा सम्पन्न भई परिक्षणसमेत भइसकेको छ ।

सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा समेत आउने बताइएको छ । पाइपलाइनको सफल परिक्षणपछि प्राविधिक टोलिले यसै महिना भित्र उक्त पाइपलाइन सञ्चालनमा आउन सक्ने बताएका छन् ।

परिक्षणका क्रममा इण्डियन र नेपाल आयल निगमको एक टोलीले बिछ्याइएको उक्त पाइपलाइनमा भारतस्थित मोतिहारीबाट पानी पठाएर गरेको परिक्षण सफल भएपछि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चलनमा आएपछि पहिलो खेपमा भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?