दुर्घटनामा कलाकार थापाको निधन

काठमाडौ, १२ पुस – चलचित्र ’पिंजडा ब्याक अगेन’की अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा भएको सवारी दुर्घटनामा बिनाको निधन भएको हो बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सक्त घाइते भएकी उनको उपचारको क्रममा विर अस्पतालमा निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छगुल्मी मुसिकोटकी २७ बर्षीया बिना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केहि फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् । बिनाको निधनप्रति फिल्म ‘पिंजडा ब्याक अगेन’ टिमले दुःख प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?