एनआइसी एशिया बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकबर्गका लागि नयाँ सेवा ल्याएको छ । बैंकको जुनसुकै शाखाको काउण्टरबाट एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो इ–सेवा  खातामा रकम सिधै जम्मा गर्न सकिने नयाँ सेवा उपलब्ध गराएको हो । 

हाल ग्राहकहरुले मोबाइल बैङ्किङ र बैङ्कबाट मात्र जम्मा गर्न सकिने प्रणालि रहेको थियो भने अब इ–सेवा काउन्टर डिपोजिटको सेवाबाट पनि इ–सेवाको ग्राहकहरुले आफुलाई नजिक पर्ने एनआएसी एशिया बैंकको जुनसुकै शाखामा गएर इ–सेवामा रकम जम्मा गर्न सकीने जनाइएको छ । 

बैंकप्रतीको जनमानसको भरोसा, विस्वास र प्रगाढले गर्दा देशभर २ सय ८४ शाखा कार्यालयहरु र २ सय ९४ एटिएम सेवा उपलब्ध गराउनुका साथै ४६ वटा काउन्टर सेवा दिएको उक्त बैंक सेवा प्रदान गर्ने देशकै धेरै शाखा सञ्जाल जोड्न सफल रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?