काठमाडौँ, १२ पुस – काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा आज पानी ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ बा २ ख ८९४ नंको पानी ट्यांकरले बा ५५ प १३८७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भई हाल धापासी बस्दैआएका २७ वर्षीया बीनाकुमारी थापाको मृत्यु भएको हो ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया