११ जेष्ठ २०७९, बुधबार

“वेरोजगार भत्ता चाहियो”: युवा विद्यार्थीहरु

२०७४,पुष,१२,बुधबार ११:१०

0
Shares

तुलसीपुर, पुस १२ । युवाहरुलाई वेरोजगार भत्ता दिनका लागि सरकारले पहल गर्नुपर्ने कुरा तुलसीपुरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । उनीहरुले समाजमा वेरोजगारीका समस्या सम्वोधन गर्न नसकेका कारणले आपराधिक घटना वढेको वताउँदै वेरोजगार भत्ताको व्यवस्था गरेमा युवाहरुलाई विदेश पलायन हुनु नपर्ने समेत वताएका थिए । “वेरोजगार भत्ताले युवाहरुलाई सामाजिक दायित्व वोध गराउनुका साथै देश विकासमा अगाडि वढ्न समेत प्रेरित गर्छ ” उनीहरुले भने तुलसीपुरमा रहेको ज्ञानदिप कलेजमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको युवाहरुलाई रोजगार कि वेरोजगार भत्ता विषयक वादविवाद कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । उनीहरुले पुर्ण रोजगारी सम्भव नभएकाले युवाहरुलाई भत्ता दिएर सामाजिक काममा लगाउनुपर्ने सुझाव समेत दिएका थिए स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको कार्यक्रममा प्रकाश वली प्रथम, मनिषा डिसी द्धितीय, सुवास सुवेदी तृतिय, नारायण भण्डारी र रमेश भट्ट सान्त्वना भएका थिए । सर्कलका अध्यक्ष हेमन्तप्रकाश वलीको अध्यक्षता एवम् कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक वसन्त विवश आचार्यले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण नेजकुमार डाँगी र सुदन भण्डारीले गरेका थिए ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ११:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र

ताजा समाचार