कवि शरद पोख्रेलको मर्मस्पर्शी कविता : विज्ञप्ती

शरद पोख्रेल

पहिले घरबारी कब्जा गर्छ, नांगो परेड खेल्छ र
त्यसमै नाच भन्छ

चुल्होमा पस्छ, बिस्ट्याएर निभाइदिन्छ र
त्यही खानु पर्छ भन्छ

मुख बाँधिदिन्छ , हातमा बारूद थमाइदिन्छ र
जोडजोडले बोल् भन्छ

अनि भएको एकसरो नागरिकता जफत गरेर 
सहर हुइँकिन्छ।

जब हातको बारूद
दिलदेखि दिमागसम्मको बिचार
र मुखको पट्टी 
पड्कन्छ एकैपटक ग्यास सिलिन्डर बनेर

तब राजधानीले हतार हतार विज्ञप्ती जारी गर्छ

“बिस्फोटमा परेर नागरिकता नभएका
केही आतङ्ककारीहरूको मृत्यु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?