प्रेमप्रसाद सञ्जेलको कविता : माथिकालाई चिल्लो लगाउँछ ! ( हेर्नुहोस् भिडियो )

श्रम कार्यालय विराटनगरका प्रमुख उपसचिव  प्रेमप्रसाद सञ्जेल भ्रष्टाचारविरोधी अभियन्ता हुन् ।

हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान ! ’ उनी सेवाको सिलसिलामा जहाँ पुग्छन् यो कुरा लेखेर  कार्यालयको गेटमा टाँसेका हुन्छन् ।

अझ लोकपथसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ''मैले ट्वाईलेटमा समेत घुस दिन आउनुभएको भए उल्टो कार्बाहीमा पर्नूहोला नि ! भन्ने चेतावनीपूर्ण भाषा लेखेर टाँसेको छु ।''

सेती अञ्चल अदालत दीपायलबाट २०३८ साल कात्तिक २८ गते सरकारी सेवा सुरू गरेका सञ्जेलको बाल मष्तिष्कमा बुबाले जग्गा पास गर्दा पाएको सास्तीको अमिट छाप रहिरह्यो । कहिलयै नमेटिने गरी । अझ उनका बुबाले ति बालक प्रेमसँग भनेका थिए, ''बाबू तिमीले सरकारी सेवा गर्दा जनतालाई सास्ती नदिनू है ? उनी बुबाको यहि वचन शिरोपर गरेर जनताको काममा खटिएका छन् ।

उनी जनताले सास्ती होईन सहुलियतसँग सेवा पाउनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनले हामीसँगको अन्तर्वार्तामा पनि यसको बारेमा खुलेर कुरा गरेका थिए ।  मार्च  – ३  २०१९  मा लोकपथ टिभिले लिईएको अन्तर्वार्ता छुटाउनुभएको भए तलको लिंकमा क्लिक गर्नूहोस् । 
 

कार्यक्रम खास कुरा 

अहिले उनले समाजको विकृतिप्रति व्यङ्ग्य गर्दै र सरकारी कर्मचारीले जनतालाई दिएको हैरानीप्रति चोटीलो प्रहार गर्दै साहित्य सिर्जना गरेर सामाजिक सञ्जाल  फेसबुकमा पोष्ट गरेका छन् । उनको कविता यस्तो छ । 

 

सेता आँखा पिर्लिक्क पल्टाउछ

फाईल यता वल्टाउछ

घरि कता पल्टाउँछ

सेवाग्राहीको नारी छाम्छ

जिउ हिटरले तताउछ

बिजुलीको मिटर बढाउछ

जनताको रगतले पेट्रोल जुटाउछ

सरकारी गाडी आरामले कुदाउछ

तैपनि अफिस १ बजे उदाउँछ

लुसुक्क उठेर चाकडीमा धाउँछ

सबै कोठा चाहार्न भ्याउँछ

दिल्ली बम्बईका हावा गफ ल्याउँछ

होटेलमा सेवाग्राही लिएर पस्छ

गोमनले जसरि तिनैलाई डस्छ

अधिकृत द्वारा पिडित ठगाउँछ

कमिसन आफुलाई मगाउँछ

सुब्बालाई घुस माग्न सिकाउँछ

खरिदारलाई भाग्न सिकाउँछ
पियनलाई चिया नास्ता झिकाउछ

ईज्जत सवै विकाउँछ

माथिकालाई चिल्लो लगाउँछ

तलकाको थाप्लो ठटाउँछ
घुसमा फुटेको कौडी बुकाउँछ

स्वास्नीको कुरा पनि सुन्छ
हाकिमको लुगा पनि धुन्छ

भ्रस्टाचारको जालो बुन्छ

उसको घरले आकाश छुन्छ

तलबले खान पुगेन भन्छ

कमिशन आए काम गर्छ गराउछ
नत्र व्यस्तताको नाटक रचाउँछ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?