प्रा.डा. रामप्रसाद दाहालको ‘आँखामा जापान’ विमोचनपछि ….

मणि आचार्य –

साहित्य, शिक्षा, संस्कृति, समाजसेवा र बैकिङ्ग क्षेत्रमा परिचित नाम हो, प्रा.डा. रामप्रसाद दाहाल ।

उहाँले आर्थिक क्षेत्रसँग सम्बद्ध शेयर बजारलाई विषयवस्तु बनाई लेखेको “पर्खी बसे फर्कि आउँला निबन्ध संग्रह” सिङ्गो नेपाली भाषा साहित्य र साहित्यकार परिचय कोष जस्तो भाषा साहित्यको वृहत्त ग्रन्थ साहित्यका फाँटमा दिइसकेका दाहाल व्यक्ति हैन, संस्था हो ।

उहाँको संस्थागत कामहरु दर्जनौं छन् । युरोपको यात्रा अक्षरको खेती   (नियात्रा–२०७४) पछि फेरि यही २०७६ जेठ २५ गते अर्को नियात्रा संग्रह जापानको यात्रा विवरणको विषय वस्तु बनाई लेखिएको “आँखामा जापान” सार्वजनिक भएको छ ।

उहाँका बारेमा साहित्यकार रामप्रसाद पन्तले भूमिकामा लेखेका यी पंक्तिहरु पढ्दा पनि पुग्छ जस्तै – “हामीले बुझेका डा.दाहाल उत्साही, परिश्रमी, जिज्ञासु, लगनशील र साहित्यसाधक व्यक्तित्व हो । जसले शिक्षा क्षेत्रमा पनि जागरण ल्यायो । आर्थिक एवम् बैकिङ्ग क्षेत्रमा पनि आफ्नो कुशलता र क्षमता प्रदर्शन ग¥यो र साहित्यिक क्षेत्रमा पनि डेढ दर्जन बढी कृति दिएर आफूलाई अब्बल साबित ग-यो ।”

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूले विमोचन गर्नु भएको मातृशक्ति सहकारीले आयोजना गरेको सो कृति मैले लिने अवसर पाएँ सरसर्ती अध्ययन गर्दा जापानको विभिन्न भागमा घुमेका, घुम्दा भेटिएका, देखिएका अध्यनका क्रममा फेला परेका विषय वस्तुहरूलाई १७ वटा आकर्षक शीर्षकहरू दिइ ललित निबन्धका रूपमा यो कृति आएको छ । प्रत्येक शीर्षकले मन छुन्छ, साजसज्जा अत्यन्तै आकर्षक छ, बाहिर जस्तो आकर्षण, भित्री कुरा पनि कृतिमा उत्तिकै उत्कृष्ट छन् – स्वयं लेखकले लेखेको मेरो भन्नु अन्तर्गत “प्रशन्नताकै लागि आए जस्तो लाग्यो” भन्ने शीर्षक पढ्दा नै थाहा लाग्दछ – लेखकको लेखकीय उचाइ ।

कवितात्मक शैलीमा लेखिएको छ ।

खारिएको कलमको शक्ति देख्न सकिन्छ ।

प्रत्येक वाक्यहरु सूक्ति र उक्तिले भरिएका छन् – जस्तै “पानीलाई जति नै पकाए पनि बाक्लो हुँदैन, मान्छेलाई जति नै फकाए पनि आफ्नो हुँदैन” आदि इत्यादि ।

आजको जमानामा १३२ पृष्ठको यो कृति २०० रुपैयाँ मूल्यमा पढ्न पाउनु गौरव अनुभव हुन्छ ।

यो वास्तवमै सफलताको साहस र मनको शक्ति कडीको रूपमा उभिएको देखिन्छ । बधाइ छ, डा.साव हजुरलाई यस्तो सुन्दर कृति पाठक माझ पस्कन र स्रष्टा सम्मान–२०७६ बाट सम्मानित हुनुभएकोमा ।

यस्तो सुन्दर कृति विमोचन गर्न पाएकोमा आयोजक मातृशक्ति लाई पनि बधाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?