नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, अर्का १ गम्भीर घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । 
 
गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।
 
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको  प्रहरीले जनाएको  छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते भएका छन् । गिरीको अवस्था गम्भीर रहेको छ । घाइते गिरीको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?