मौसम पूर्वानुमान: यी ठाउँहरुमा हावाहुरीसहित वर्षा हुने

काठमाडौं । केहिदिन यतादेखि बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद्का अनुसार सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको  छ । 

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको र यो क्रम रातिसम्म नै रहने  । 

उनले भने, "बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’ अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उनको भनाइ छ ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उनले बताए । 

तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?