पाकिस्तानविरुद्धको खेलमा रोहित शर्माको शतक

काठमाडौं। एजेन्सी। भारतका ब्याट्सम्यान रोहित शर्माले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा शतक पूरा गरेका छन् ।

ओपनरमा आएका उनले भारतका लागि ८५ बल खेल्दै ९ चौका र ३ छक्काको सहयोगमा १०० रन पूरा गरे । रोहितको एकदिवसीय क्रिकेटमा यो २४ औँ शतक हो । पाकिस्तानविरुद्ध टस हारेर भारतले ब्याटिङ गरिरहेको छ । २९ ओभरको समाप्तिमा भारतले १७२ रन बनाएको छ । 

यस अघि उनीसंगै ओपनामा आएका केएल राहुलले ७८ बल खेल्दै ३ चौका र  २ छक्काको सहयोगमा  ५७ रन बनाएर आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?