भाडाका मान्छेको कुरा सुनेर विधेयक फिर्ता गर्ने कार्य नगरियोस्: सांसद चौधरी

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद गंगा चौधरीले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको आरोप गरेकी छिन् । 

नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरीले प्रतिनिधिसभा आज आइतबारको बैठकमा बोल्दै मंडला घेर्न आएका ती भाडाका मान्छेको भनाई सुनेर विधेयक फिर्ता गर्ने कार्य नगरियोस भनेर सुझाव दिएकी छिन् । 
सांसद चौधरीका अनुसार स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको भनेर गलत प्रचार भईरहेको  र १ हजार ५० विघा किनिएको सत्य नभएको तर्क राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?