सरकारका अरिँगाल मात्र सुरक्षित छन्: गगन थापा

काठमाडौं | नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक पारित भए सबै असुरक्षित रहने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले विधेयक पारित भए सरकारविरुद्ध बोल्ने सबै असुरक्षित रहने टिप्पणी गरेका हुन् । 

बैठकमा बोल्दै उनले प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथी पनि होसियार रहनुपर्ने बताएका छन् । विधेयक पारित भइसकेपछि प्रयोग हुन नसक्ने दावि गर्दै सांसद थापाले केबल सरकारका अरिँगाल मात्र सुरक्षित रहेको अरु कोहिपनि सुरक्षित नरहेको ठोकुवा गरे । 

सरकारले गुठीयारलाई सामन्तवादी भन्दा खबरदारी गर्न पनि होसियार हुनुपर्ने समय आएको उनले बताए । 

सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै दिएको मनतव्य प्रति पनि व्यंग्य गरे । 

‘सम्माननीय सभामुख महोदय, केही दिनअघि प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा देश विकासमा अभिव्यक्ति स्वतन्त्रताको महत्व कति हुन मलाई थाहा छ भनेर भने’ । 

सांसद थापाले यो अभिव्यक्ति स्वतन्त्रताको महत्व बेलायतमा होला तर नेपालमा अभिव्यक्ति स्वतन्त्रताको दुर्दशा प्रधानमन्त्रीको सरकार आएपछि यहाँ के गरिरहेको छ हामीलाई प्रष्ट थाहा छ भन्ने तर्क राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?