फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल


प्रकाशित मिति : १ असार २०७६, आईतवार ११:०४

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

आज  पत्रकारसंगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका छन् । पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।” 

पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै  नेता पौडेलले भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।” 

फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा  परम्परालाई असर पु-याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाएका छन् । नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै  आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाली सेनाद्वारा शान्ति सेना को भत्ता ८५ अमेरिकी डलरले वृद्धि

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना

विदेशी अपराधीलाई कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छः सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ

आज विश्व आत्महत्या निवारण दिवस : डरलाग्दो गरी बढ्दै छ आत्महत्या दर, यसरी रोकौं (भिडियोसहित)

काठमाडौं – हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भरिनै विश्व आत्महत्या निवारण

अपराध अनुसन्धान र नियन्त्रणमा मनोविज्ञान

अपराध शास्त्रीहरुका अनुसार अपराधको उद्गम थलो समाज हो, र अपराध समाजकै एउटा भाग