नक्कली डलर र सुन साटेर ठगि गर्ने सिन्धुपाल्चोकका २ युवा काठमाडौंबाट पक्राउ

काठमाडौं । ठगीमा संलग्न भएको आरोपमा काका–भतिजा नै पक्राउ परेका छन् । 
काठमाडौं प्रहरी परिसर, टेकुले सिन्धुपाल्चोक बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरेको हो । 

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन् । उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार पछिल्लो पटक आइतबार बिहान डलर भनेर कागज मात्र दिइ १५ लाख रुपैयाँ ठगी गर्न लाग्दा उनीहरु पक्राउ परेका हुन् ।

घटनामा संलग्न जितबहादुरकी श्रीमती भने फरार छिन् । 

उनीहरुले थली र कपनमा पनि एउटै शैली प्रयोग गरेर ७÷७ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।

पक्राउ परेका दुवैमाथि यसअघि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय, काभ्रको टोलीले पनि मुद्दा चलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?