सार्वजनिक सवारी साधानमा पकेटमार गर्ने ८२ जना पक्राउ

काठमाडौं । काठमाडौ प्रहरीले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

सार्वजनिक सवारी साधानमा पकेटमार गर्ने र विभिन्न ठाँउमा चोरी गर्दै हिड्ने ८२ जना पकेटमारलाई  टेकु प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । 

चोरीका घटना र सार्वजनिक पकेटमारी बढेकाले जेठ महिना भरी चलाइएको अभियानको क्रममा उनिहरुलाई समातिएको हो । 

पकेटमार तथा चोरहरु समात्नका लागि शादा पोशाकमा प्रहरी खटाइएको थियो । पक्राउ परेका धेरैजस्ता व्यक्तीहरु माइक्रो बसका यात्रुका पकेट तथा झोलाबाट नगद तथा मोबाईल चोर्दे गर्दा समातिएका थिए । 

पक्राउ परेकाहरुमाथि चोरी मुद्दामा समय थप गरेर गहन अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?