जंगली भालुको आक्रमणबाट २१ भेडाको मृत्यु

काठमाडौं । भालुको आक्रमणमा परि मुस्ताङमा २१ भेडाको मृत्यु भएको छ । मुस्ताङको थासाङ गाँउपालिका ५ मिन्दी पाखोमा जंगलि भालुको आक्रमणद्धारा २१ वटा भेडा मरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । 

जंगली भालुले म्याग्दी जिल्लाको दाना वस्दै आएका शंकरमान गुरुङको गोठमै आक्रमण गरेको थियो । वडा अध्यक्ष सोमल हिराचनका अनुसार गोठभित्रै भालुले २१ वटा भेडा मारेको थियो र उक्त भालुको टोकाइबाट केहि भेडाहरु घाइते समेत भएका छन् । 

पीडित गुरुङकोे गाउँभन्दा माथि २ वटा भेडी गोठ भएको र त्यहाँ गुरुङले करिव ५ सय भन्दा बढी भेडा पालन गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?