नेपाल टेलिकमको नयाँ अफर सार्वजनिक, के-के छन् सुविधा ? हेर्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि मध्यनजर गर्दै विभिन्न प्याकेजसहितको आकर्षक अफर उपलब्ध गराएको छ ।

नेपाल टेलिकमले आजैबाट लागु हुने गरि तीन वटा अफर ल्याएको हो । जसअन्तर्गत डाटा प्याक, भ्वाइस प्याक र एडिसनल अफर रहेका छन् । 

वान डे डाटा प्याक अन्तर्गत ग्राहकले ९ रुपैयाँमा ५५ एमबी डाटा लिन सक्नेछन् । जसको समयावधि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म हुने टेलिकमले जनाएको छ । 

टेलिकमले वान जीबी पर डे डाटा प्याक र अनलिमिटेड वान आवर डाटा प्याक पनि  उपलब्ध गराएको छ । 

४५ रुपैयाँमा एक जीबी डाटा एक दिनका लागि लिन सकिनेछ । त्यसका लागि इच्छुक ग्राहकले 1D1G टाइप गरी १४१५ मा एसएमएस गर्नु पर्नेछ ।  

टेलिकमका यी अफरहरू सबै जीएसएम र सीडीएमएमा उपल्बध हुनेछ । 

टेलिकमले भ्वाइस प्याक अफर पनि सार्वजनिक गरेको छ । टेलिकमले वान डे, अल टाइम, अनलिमिटेड नाइट भ्वाइस, नाइट भ्वाइस र इन्डिया कल अफर ल्याएको हो । 

टेलिकमका अफरबारे थप जानकारीका लागि लिंकमा क्लिक (https://www.ntc.net.np/pages/view/latestoffers#pac-e) गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?