सावधान ! कतै तपाइको गोपनियता भंग त हुँदै छैन ? एकचोटी यो पढ्नुहोस्

काठमाडौं । हिजो अस्तिका दिनहरुमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज सचेत र सर्तक तथा होसियार हुने बेला आएको छ ।
किनभने तपाईंमाथि थाहै नपाई अरुले कुकृत्य गर्न सक्छन् । तपाईंमाथि थाहै नपाई भावनात्मक खेलबाड हुनसक्छ । तपाईं थाहै नपाई मजाकको पात्र बन्न सक्नुहुन्छ । हामीले वेवास्ता गरेको सानोतिनो कुराहरुले पनि कहिलेकाही लज्जित बनाइरहेको हुन्छ । 

त्यसैले यी कुराहरुमा होसियारी अपनाउनुपर्ने हुन्छ । 
१. सपिङ मल वा सामान्य पसल
२. ट्रायल रुम तपाईंको लागि असुरक्षित हुनसक्छ । 
३. अरुले प्रयोग गर्ने वा सार्वजनिक शौचालय । 
४. स्वास्थ्य सेवा तथा परिक्षण लिने÷दिने क्षेत्रहरुमा ।
५. होटेल तथा लजहरुमा ।
६. सार्वजनिक क्षेत्रहरु जस्तै पार्क तथा बस स्टेशन ।
७. अपरिचित व्यक्तीले दिएको खाने कुरामा ।

कसरी हुनसक्छ गोपनियता भंग ?
मानौ कपडा किनमेलका लागि पसल जानुहुन्छ । आफुलाई ठिक भयो भएन भनेर कपडा ट्रायल गर्दा तपाँईले एती एकदमै सतर्कता अपनाउनुपर्ने रहन्छ ।  सुरक्षित र गोप्य ठानेर तपाँई कुनै कुरा नसोचि ट्रायल रुममा कपडा बदल्दा कुनै क्षेत्रबाट तपाँइको दृष्य कैद भैरहेको हुनसक्छ । कपडा फेर बदल गर्ने कोठामा देख्न नमिल्नेगरी क्यामेरा राखिएको हुनसक्छ जसले तपाँईको गोपनियता भंग गर्न सक्छ त्यसैले गोपनियता भंग हुनुभन्दा पहिलेनै नियालेर हेर्नुस अनिमात्र ढुक्क हुनुहोस ।
 
यस्तै शौचालयको कुरा गर्दा जब तपाई कुनै विशेष कारणवस किनमेल बैठक तथा समारोहमा उपश्थितको लागि जानुहुन्छ यतीबेला केहि नहेरी अन्धाधुन्ध शौचालयको प्रयोग गर्नुहुन्छ । यो समयमा गोपनियता भंग हुनसक्छ ।

यस्तै सार्वजनिक शौचालयमा मात्र नभई स्वास्थ्य संस्थाहरुमा पनि सतर्कता अपनाउनु जरुरी देखिन्छ । त्यसैले स्वास्थ्य परिक्षण गराउनुपुर्व एक पटक गहिरीएर हेर्नुहोस त्यहा तपाँइको तस्बिर कैद भैरहेको हुनसक्छ ।
कुनै रेष्टुरेन्ट तथा होटेलहरुमा तपाँई आफ्नो जिवनसाथिसँग समय विताउदै हुनुहुन्छ भने सतर्क रहनुहोस । तपाहरुको गोप्य क्रियाकलाप गोप्य क्यामेराको माध्यमद्धारा कैद भैरहेको हुनसक्छ ।  

 यस्तै सार्वजनिक क्षेत्रहरुमा एक्लै बसिरहेको तथा हिडिरहेको समयमा कसैले तपाईको चित्र तथा भिडियो कैद गरिरहेको हुनसक्छ र कैद गरिएको तपाइको चित्र तथा भिडियो सार्वजनिक हुनसक्छ भोलीका दिनहरुमा पछुताउनुपर्ने हुन्छ त्यसैले सार्वजनिक क्षेत्रहरुमा पनि होस पुर्याउनुहोस ।

माथिका जस्तै कुनै अपरीचित व्यक्तीमाथि तुरुन्त विस्वास तथा भरोसा मानेर उ सँग लामो वहस तथा दिएको खाने कुरा नखानुनै उत्तम रहन्छ । किनकी उसले दिएको खानेकुरामा लठ्ठ पार्ने खालको औषधि प्रयोग गरिएको हुनसक्छ । जसको फलस्वरुप तपाँई उसको सिकार हुनुपर्ने अवस्था आउछ ।
यस्तो कुकर्म गर्नु सरासर अपराध हो । 

दोषिलाई कार्वाहित हुन्छ तर आफ्नो गोप्य सर्वत्र जताततै फैलिसकेको हुन्छ अनि खिन्न भएर बाँच्नुपर्ने हुन्छ त्यसैले यस्ता स्थानहरुमा कुनै कार्य गर्नुपुर्व होस पुर्याउनुहोस । हतारमा गल्ति फुर्सदमा पछुतो कहिल्यै नगर्नहोस । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?