बिजुलीको बिल चेक गर्ने बाहानामा ७ महिलाको हत्या, हत्या पश्चात् शवसंगै ‘सेक्स’ !

एजेन्सी । बिजुलीको बिल  चेक  गर्न आउने मान्छेले हत्या गरे भन्ने सुन्दा तपाइँ पनि झस्किनु हुन्छ होला ? किनकि तपाइँ हाम्रो घरमा पनि बिजुलीको बिल चेक गर्ने मान्छे आइराख्छन् । तपाइँलाई अचम्म पनि लाग्न सक्छ बिजुलीको बिल चेक गर्ने मान्छेले पनि कसरी हत्या गर्न सक्ला ? 

तर अचम्मित नपर्नुहोस् ! एक  ‘सिरियल किलर’ले बिजुलीको बिल चेक गर्ने बाहानामा घर भित्र छिरेर सात महिलाको हत्या गरेको छन् । पश्चिम बंगालमा महिला एक्लै भएको घरमा छिरेर हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले महिलाको हत्या गरी शवसँग ‘सेक्स’ गर्ने गरेका थिए । त्यसपछि घरमा भएका बहुमूल्य सामान लिएर भाग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

‘द इन्डियन एक्सप्रेस’ को समाचारमा उल्लेख भएअनुसार पक्राउ पर्नेमा ४८ वर्षीय कमरुजमां सरकार रहेका छन् । उनि पेशाले स्क्र्याप ट्रेडर (कवाडी व्यापारी)  हुन् । उनका ३ सन्तान छन् । 

उनी बिजुलीको मिटर चेक गर्ने बहानामा महिला घरमा एक्लै भएको समयमा जाने गर्थे । 

एक पीडित महिलाको अनुसार गत मार्च महिनाको दिउँसो उनी उक्त पीडित महिलाको घरमा छिरे । पति खेतमा काम गर्न गएका थिए । कमरुजमांले बिजुलीको बिल चेक गर्न आएको बताएपछि उक्त महिलाले उनलाई घरभित्र आउने अनुमति दिएकी थिइन् । घरभित्र पस्ने वित्तिकै उनले महिलामाथि आक्रमण गरे र स्टीलको तारले उनको घाँटी दबाउने कोसिस गरे । 

उनी बहोश भइन् । बेहोश भएपछि मरिसकेको ठानेर शारिरीक सम्बन्ध राख्ने कोसिस गरेपछि उनी चिच्याइन् । त्यसपछि आरोपी भागेका थिए । 

प्रहरीले गत जुन महिनादेखि नै पीडित महिलाको बयानको आधारमा बनाएको स्केचको आधारमा खोजी कार्य जारी राखेको थियो ।

उनी २०१३ देखि नै महिलाको हत्यामा संलग्न रहेको खुलेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?