भोलिदेखि न्यूरोडमा स्मार्ट पार्किङ, मोबाइलबाटै बुक गर्न सकिने (भिडियोसहित )

न्युरोड जाने काम परेका सबैजसोलाई सताउने एउटा साझा चिन्ता छ, पार्किङको । 

कहाँ गर्ने पार्किङ ?

यो विकराल समस्याको समाधान भइसकेको छ । अब तपाई सवारी लिएर न्युरोड एरियातिर जाँदै हुनुहुन्छ भने भोलिदेखि घरबाटै उपयुक्त पार्किङ स्थल बुक गर्न सक्नुहुनेछ । अर्थात् तपाईको मोबाईलमा एप डाउनलोड गरेर आफ्नो लागि स्थल बुक गर्न सक्नुहुन्छ । 

 

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो । 

न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ संचालनमा आएसँगै यो समस्या समाधान हुने अपेक्षा लिइएको छ । 

काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइ पछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको गरी कुल पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवाल बताउँछन् । 

 

तीन महिना अघि काठमाडौं  महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेकोमा  कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको ट्रायल गत साताबाट सुरु गरिएको थियो । 

 

सुरुमा आठ साय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको बुझिएको छ । 

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ ।

 

उपभोक्ताले न्युरोड जानु अघि मोवाइलबाटै 'रियल टाइममा ' कुन ठाउँ खाली छ ?  भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

 

ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् ।

 

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?