गा.वि.स सचिवले आफैंले सामाजिक सुरक्षा भत्ता लिएपछि…

काठमाडौं । सामाजिक सुरक्षा भत्ता आफैंले बुझेको आरोपमा रौतहटमा दुई जना गा.वि.स सचिव र एक प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । 

रौतहटका दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा पर्नेहरुमा रौतहट साविक भसेढवा गा.वि.सका सचिव जयचन्द्र जयसवाल, जवाहरलाल झा र प्राविधिक सहायक अखलेन्द्रकुमार यादव विरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

प्राविधिक सहायक तर्फ अख्तियारले ३३ लाख २४ हजार ३ सय ९१ , सचिव सचिव जयचन्द्रप्रसाद जयसवालले २ लाख ७१ हजार ८ सय ७५ र सचिव जवाहरलाल झाले ८ लाख ८१ हजार ३ सय ८५ हिनामिना गरेका कारण मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

गाविसको पुजिगत खर्च हिनामिना र सुरक्षा भत्ता आफै बुझिलिई सार्वजनिक सम्पतिको नोक्सान तथा दुरुपयोग गरेको अख्तियारले जनाएको छ । 

अख्तियारको भनाई अनुसार सरकारको बजेट रकम खर्च गर्दा विधी अवलम्बन नगरेको, विल भरपाईको प्रमाण पुष्टि हुन नसकेको र सुरक्षा भत्ता वितरण गर्नुपर्ने ठाउँमा अर्कैको औँठाछाप प्रयोग गरि रकम हिनामिना पारेको. पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?