नुवाकोट कांग्रेसमा फेरी भाडभैलो, गुटको भेला की कांग्रेसको सम्मेलन ?

काठमाडौं  नुवाकोट जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरी क्षेत्रीय सम्मेलन गर्न लागिएको छ । 

नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर एक र दुईले शनिबार विधान विपरित क्षेत्रीय सम्मेलन गर्न लागेको हो । पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा पाइँदैन । 

शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

तर जिल्लाकै हस्ती नेताहरु रामशरण महत र अर्जुन नरसिंह केसीलाई भने औपचारिकता पूरा गर्नको लागि मात्रै बोलाइएको छ । सहमहामन्त्री महतको डिजाइनमा तयार भएको उक्त कार्यक्रमबारे प्रचार गर्नका लागि तयार गरिएको प्रचार सामग्रीमा देउवा, गच्छदार र महतको फोटो राखिएको छ भने नेता केसी र रामशरण महतको फोटो राखिएको छैन । 

काँग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीसँग यसबारे बुझ्दा पार्टी विधान विपरित हुने कार्यक्रमा आफ्नो उपस्थिति नहुने जानकारी दिए । यस्तै डा.रामशरण महतले पनि उक्त कार्यक्रममा सहभागि नहुने जानकारी दिए । 

यता पार्टी सह–महामन्त्री महतले सभापति शेरबहादुर देउवाको क्षेत्रीय सम्मेलन नभई आमसभालाई सम्बोधन गर्ने जानकारी दिए । यद्यपी सभापति देउवाले सभालाई सम्बोधन गरिसकेपछि छुट्टछ्ट्टै हलमा सम्मेलन हुने महतको जानकारी दिए । कार्यक्रमबारे जिल्ला सभापतिलाई समेत जानकारी गराएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?