यात्रुले ट्वाइलेटको ढोका भनेर विमानको आकस्मिक ढोका खोलेपछि यस्तो हंगामा !

एजेन्सी । पाकिस्तानमा यात्रु बसालेर उड्नै लागेको जहाजको आकस्मिक ढोका खुल्यो एक्कासी खोलेपछि तहल्का मच्चिएको छ । एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान भर्नै आँटेको जहाजभित्र तहल्का मच्चिएको हो ।

पाकिस्तानको वायुसेवा कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पिके ७०२ को विमान शनिबार बिहान बेलायतको म्यानचेष्टर विमानस्थलबाट उडान भर्दै थियो । त्यही क्रममा विमानभित्र रहेकी एक महिलाले यात्रुले इमर्जेन्सी बटन दबाइदिइन् । जसका कारण विमानका आकस्मिक ढोका खुल्न पुगे ।

उक्त घटनाका कारण विमानको उडान ७ घण्टा ढिलो भएको पीआइएका प्रवक्ताले बताएका छन् । ट्वाइलेटको ढोका खोल्ने बटन भन्ठानेर इमर्जेन्सी ढोकाको बटन थिचेर भएको घटनाका कारण विमानको इमर्जेन्सी स्लोप सक्रिय भयो । 

घटनालगत्तै विमानभित्र रहेका यात्रु र उनीहरुका सामानलाई तत्कालै बाहिर निकालियो ।

पीआईएले यो घटनाको छानविन गरिरहेको बताइएको छ । ती महिला यात्रुले आफूले भुलबस् ट्वाइलेटको ढोका खुल्छ भन्ने ठानेर बटन दबाएको बताएकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?