गुठी विधेयकबारे कृषि समितिले विज्ञहरुसँग सामुहिक छलफल गर्ने

काठमाडौं । गुठी विधेयकका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल संसदीय समितिल गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो । सरकारलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले गुठी विधेयक फिर्ता लिन दवाव दिइरहेका बेला सोसम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी छलफल गर्ने निर्णय गरिएको उक्त समितिकी सभापति पूर्णकुमारी सुवेदीले बताईन् । 

आउदो साता बस्ने बैठकमा कृष्ण पौडेल, प्रकाश जोशी, महेन्द्र श्रेष्ठ, जगत देउजा, जनकराज जोशी, केशव बडा र जगत बस्नेतसँग उक्त विधेयका बारेमा बहस गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ । 

आगामी आइतबार असार १ गते बिहान समितिले भूमिसम्बन्धी आठौं संशोधन विधेयक छलफल गर्ने कार्यतालिका पनि तय गरिएको छ । यस्तै  असार २ गते वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका तयार पारिएको छ ।  

सोहि समितिले असार ५ गते विहिबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने जनाएको छ । ३ वटा विधेयक समितिमा पेश गरिसकेको र ती सबै विधेयकमाथिको छलफल आउदो साताभित्र सुसम्पन्न हुनेगरि कार्यतालिका तयार गरिएको सभापति सुवेदिले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?