विराटसँग विवाह गरेकी अनुष्कालाई युवराज सिंहले राखिदिए यस्तो नाम

मुम्बई, १२ पुस । भारतीय क्रिकेट टोलीका कप्तान विरात कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले मंगलबार २६ डिसेम्बरमा मुम्बईको सेन्ट रेजिस होटलमा एक शानदार रिसेप्सन पार्टी दिए जसमा बलिउडदेखि खेलजगत र राजनीतिक क्षेत्रका हस्तीसम्मको सहभागिता थियो । यो पार्टीमा भारतीय क्रिकेट टिम आफ्ना कप्तानको ग्रान्ड पार्टीको हिस्सा बनेको थियो जसमा भारतका चर्चित खेलाडी युवराज सिंह पनि सामेल थियो र उनले केही तस्बिर समेत लिएका थिए । यी नै तस्बिरहरु उनले इन्स्टाग्राममा आफ्ना साथी विराट र ‘रोजी भाभी’ सँग खिचिएका तस्बिर पोस्ट गरेका छन् त्यसपछि ‘रोजी भाभी’ को हुन भन्ने चर्चा गरेको हो । युवराजले नै भारतीय क्रिकेट टिमकै भाभी बनेकी अनुस्काको नाम ‘रोजी भाभी’ राखिदिएका हुन् । उनले सो फोटोको क्याप्सनमा लेखेका छन्, ‘तपाईहरु दुवैलाई जीवनभरको पार्टनरसिपका लागि बधाई ।’विराट र अनुष्काले ११ डिसेम्बरमा इटालीमा विवाह गरेर फिनल्याण्डमा हनिमुन पनि २१ डिसेम्बरमा दिल्लीमा पनि रिसेप्सन पार्टी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?