पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

काठमाडौं । तीनकुनेस्थित पप्पु कन्सट्रक्सनले पुल निर्माणमा बदमासी गरेको पुष्टि भएको छ । 

संघीय संसदको विकास तथा प्रविधि समितिको छानविनमा बदमासी भएको निष्कर्ष निकालिएपछि समितिले पुलको अवलोकन गरी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्नुपर्ने सुझाव दिएको हो । 

२०७१ पुस ४ गते सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच २०७५ असार ५ गते कार्य सम्पन्न हुनेगरि सम्झौता भएको थियो । 

निर्माणाधिन पुलको ३ वटा पाईल्समा त्रुटी देखिएपछि विवाद उत्पन्न भएको र निर्माणकार्य रोकिएकोे थियो । यस्तै काठमाडौं सडक विस्तारले पाईल्सको समस्या समाधान गरेर कार्य अघि बढाउन सुझाव दिएको थियो । 

तर कन्सट्रक्सनले त्यसको विपरीत गर्यो र  पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेपछि विवाद सिर्जना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?