कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएकोमा पूर्वअर्थमन्त्री असन्तुष्टि

काठमाडौं । पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो । डा महतले भने, “जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।” 

आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको पनि महतले बताए । 

वर्तमान सरकारप्रति सर्वसाधारण र वौद्दिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्नेमा पनि उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?