पाँच वर्षीया बालिका बलत्कार आरोपमा १३ वर्षीय किशोर पक्राउ !

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । 

प्रहरीले पाँच वर्षीया बालिका बलात्कारको आरोपमा सप्तरीबाट १३ वर्षीय किशोरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गत शनिबार किशोरले बालिकालाई विस्कुट खान दिई फकाएर आफ्नै कोठामा बलात्कार गरेको हो । 

अचानक बालिकाको पेट दुखेपछि गत सोमबार आमाले उनलाई अस्पताल लगेकी थिइन ।  स्वास्थ्य परिक्षण गरिसकेपछि उनको बलात्कृत भएको चिकित्सकद्धारा तथ्य खुलेको हो । 

स्वास्थ्य परिक्षणमा बलात्कृत भएको रहस्य खुले लगत्तै चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । बालिकाको परिवारले किशोर विरुद्ध उजुरी दिएका छन् । उजुरीपछि किशोरलाई प्रहरीले नियनत्रणमा लिइ उनिमाथि अनुसन्धान गर्न थालेको प्रहरीले जनाएको छ । 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार किशोरलाई मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?